बागमती प्रदेश सरकारका चार मन्त्रीले एकैसाथ राजीनामा दिएका छन्।
राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।
Advertisement
यी चारैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका थिए। केही दिनअघि मात्र उनीहरूले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। तर, राजीनामाको कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







