बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आज बिहान नियुक्त भएका तीन मन्त्रीलाई तत्काल शपथ नगराउन आग्रह गरेको छ।
मुख्यमन्त्री बहादुरसिंह लामाले आज बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए। शपथका लागि तयारी भइरहेका बेला एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामासँग टेलिफोन संवाद गर्दै शपथ प्रक्रिया तत्काल रोक्न आग्रह गरेका हुन्।
Advertisement
प्रदेशको राजनीति संवेदनशील मोडमा रहेको भन्दै अहिले मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने उनको तर्क छ। एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







