बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा साउन २५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशित भइसकेको छ।
Advertisement
नेवार समुदायको विशेष पर्व मानिने गाईजात्रा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा धूमधामका साथ मनाइने परम्परा छ। यही सन्दर्भमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







