मकवानपुरको रातोमाटे चेकपोइन्टमा प्रहरीले ७ किलो ४५० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
आज दिउँसो करिब २ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको रातोमाटे चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ६९१ नम्बरको यात्रुबाहक बसमा सवार एक यात्रुलाई शंका लागी खानतलासी गर्दा झोलाभित्र लुकाइ ल्याइएको गाँजा फेला परेको हो।
Advertisement
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ तिरुवा बस्ने २७ वर्षीय रोहित चेपाङ रहेका छन्। बरामद गाँजा सहित उनलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







