त्रिभुवन राजपथअन्तर्गत भैंसे–सिमभञ्ज्याङ सडक खण्ड शनिबार बिहानैदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडक खण्डमा माथिबाट ढुङ्गा र रुखहरू खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेको टोलीले सडक विभागसँग समन्वय गर्दै सडक खुलाउने प्रयास जारी राखेको छ। दुईवटा डोजर परिचालन गरिएको भए पनि ठूला ढुङ्गा हटाउन नसकिएकाले ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ।
Advertisement
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पहिरोले सडकमा अड्काएका ढुङ्गा फुटाउन ब्रेकर ल्याउने काम भइरहेको छ। उहाँले सडक सञ्चालनमा आउन अझै केही समय लाग्न सक्ने बताए।
पहिरो खसेको स्थान प्रहरी चौकी भैंसेबाट करिब २२ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







