नेकपा एमालेको भातृ संगठन युवा संघ मकवानपुरले भदौ ५ गते हेटौंडाको हुप्रचौरमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघका अध्यक्ष राजेश नगरकोटीले रगतको अभावमा परेकालाई जीवन दिने अभियान स्वरूप कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विहीबार बिहान ६:३० बजे हुप्रचौरमा हुने वृहत रक्तदान कार्यक्रममा मानवताप्रेमी सबैको सक्रिय सहभागिता आवश्यक छ, कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहोस् ।”
Advertisement
नगरकोटीका अनुसार विभिन्न समयमा परिस्थिति अनुसार एमालेले युवा शक्ति परिचालन गर्दै सामाजिक कार्यहरू गर्दै आएको छ । स्वास्थ संस्थाहरूमा रगतको कमी देखिन थालेपछि सो अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस