प्रतिनिधि सभा सदस्य तथा एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौलाले हेटौंडा–भैँसे सडकखण्डमा पर्ने बाघझोरा खोलाले निम्त्याउँदै आएको बारम्बारको सडक अवरोध समस्याको दीर्घकालीन समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग विशेष पहल गरेका छन् ।
बर्तौलाले सो समस्याको स्थायी समाधानका लागि ओभरपास वा अन्डरपास कुन उपयुक्त विकल्प हुने भन्ने विषयमा तत्काल अध्ययन गरी आवश्यक कार्यप्रक्रिया अघि बढाउन मन्त्री र सचिवसँग भेटेर आग्रह गरेका हुन् ।
Advertisement
उनका अनुसार, मन्त्रीले यस समस्यालाई मन्त्रालयको उच्च प्राथमिकतामा राखी समाधान प्रक्रिया अगाडि बढाउन आजै सचिव केशव कुमार शर्मालाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







