हेटौडा/ हेटौडामा जे एण्ड बी बार बार टेण्डिङ स्कुल सञ्चालनमा आएको छ । हेटौडा – १० मा युवा दिपक क्षेत्रीले सञ्चालन गरेको ‘जे एण्ड बि बार टे«ण्डिङ स्कुलको बुधवारबाट सन्चालनमा आएको हो ।
हेटौडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले जे एण्ड बी बार टे«ण्डिङ स्कुलको उदघाटन गरेकी हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै मेयर लामाले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीका लागि आकर्षित गरी उनीहरुको सीप र क्षमताको उपयोग गर्न र स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने सन्चालक क्षेत्रीलाई धन्यवाद व्यक्त गरिन् । उनले आफु सँधै युवाहरुको साथमा रहेको बताउँदै आवश्यक सहयोग गर्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख राम प्रसाद भुसालले युवाहरुलाई दक्ष बनाउन हेटौंडामै तालिम लिन मिल्नेगरी स्कुलको सुरुवात गरेको खुशी व्यक्त गरे ।
उनले उक्त स्कुलबाट युवाहरुलाई तालिम प्रदान गर्न उद्योग तथा वाणिज्य कार्यालयले पनि सहयोग गर्ने बताए ।
त्यसैगरी उद्योग वाणिज्य संघ मकवानपुरका सभापति प्रमोद सिंह रानाभाटले सञ्चालनमा आएको स्कुलबाट युवाहरुलाई तालिम लिन सहज हुने दाबी गरे । उनले उद्योग वाणिज्य संघ मकवापुरले पनि युवाहरुलाई तालि दिईरहेको बताउँदै जे एण्ड बि बार टे«ण्डिङ स्कुलसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
विगत ८ अगाडि जे एण्ड बि कफि लन्च विस्तार गर्दै हाल सम्मा ४ वटा शाखा सञ्चालनमा ल्याईसकेको सञ्चालक क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार हालसम्म एक हजार भन्दा बढिलाई तालिम प्रदान गरी विभिन्न देशहरुमा युवाहरु रोजगारीका लागि गएको बताए ।
जे एण्ड बि कफि एण्ड जे एण्ड बि बारका शाखा प्रमुख जगदीश विडारीले बिडारी आफू ७ वर्ष कतार र १ बर्ष क्रोएसियामा बसेर काम गरी अब नेपालमानै अरुलाई उत्प्रेरणा दिने किसिमको काम गर्ने र यस स्कुलले बेसिक देखी एडभान्स सम्मका बारिस्टा तालीम सिक्न इच्छूकलाई बिशेष सहूलियतमा तालिम दिने बताए ।