हेटौंडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।
शनिवार किराना पसल आउने क्रममा अचानक परेको चट्याङ लाग्दा हेटौंडा उ.म.न.पा.–१६ सानो आकाशधारा घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Advertisement
उक्त चट्याङ धन बहादुर स्याङतानले सञ्चालन गर्दै आएको किराना पसल अगाडिको क्षेत्रमा परेको थियो।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







