सर्लाहीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको ज्यान गएको छ। बुधबार बिहान हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरू पुरिएका हुन्।
सर्लाही प्रहरीले दिएको जानकारीअनुसार मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।
Advertisement
घटना बुधबार बिहान करिब ९:२० बजे भएको हो। ढिस्कोले पुरिएपछि उनीहरूलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। उपचारका क्रममा सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







