लगातारको भारी वर्षाका कारण आगामी तीन दिनका लागि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा, बाढी, पहिरो र डुबानजस्ता सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सोमबारसम्मका लागि सवारी सञ्चालन बन्द गरिएको जनाएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनसहित देशभरका लामो दूरीका यातायात सेवा अस्थायी रूपमा रोकिएको उल्लेख छ।
Advertisement
सूचनामा अत्यावश्यकबाहेक कुनै पनि सवारीसाधन नचलाउन आग्रह गरिएको छ। साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई अनुगमन र निगरानी कडाइका साथ गर्ने निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







