सिन्धुलीबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको एक इभी भ्यान आज बिहान मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको छ।
मकवानपुरको बागमती गाउँपालिका–४ बुद्धचोक नजिक इभी भ्यान (मधेस प्रदेश ०२–००१ ज ००७२) र विपरीत दिशाबाट आउँदै गरेको पल्सर मोटरसाइकल (ना ५२ प ५५९८) आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
Advertisement
ठक्करपछि इभी भ्यान सडकबाट करिब १ सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा मोटरसाइकल चालक र इभी भ्यानमा सवार व्यक्तिहरूसहित पाँच जना घाइते भएका छन्।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि हेटौंडा अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








