प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ।
विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ। कार्यालयले आज जारी गरेको सूचनाअनुसार तीन कम्पनीलाई दुई वर्षका लागि र १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको हो।
Advertisement
कार्यालयका अनुसार तोकिएको मापदण्डअनुसार काम सन्तोषजनक नभएका कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने नियम रहेको कार्यालयले स्पष्ट पारेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








