मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाटमा सातवटा सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार यात्रुवाहक बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएपछि अन्य सवारीसाधनहरू पनि श्रृङ्खलाबद्ध रूपमा सोही ट्रक र बसमा ठोक्किएका हुन्।
Advertisement
दुर्घटनामा बस चालक चेपिएको अवस्थामा घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ट्रक र बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने अन्य सवारीसाधनहरूमा सामान्य क्षति भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस


