इजरायलमा कार्यरत रहँदा प्यालेस्टाइनको हमास समूहको अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ। महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।
भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। हमासले इजरायललाई विपिनको शव बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








