हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा निरन्तर वर्षाका कारण ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुर प्रहरीका अनुसार (आज) शनिबार साँझ ५:१५ बजे सडक खण्डमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो खसेको स्थान प्रहरी चौकी सिस्नेरीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने जनाएको छ।
Advertisement
सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको भए पनि पहिरो निरन्तर झरिरहेको कारण तत्काल सडक खुलाउने अवस्था नरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








