मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ अँधेरीमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा बकैया–७ अँधेरीका अन्दाजी ५५ वर्षका केशव माझी, सोही स्थानका अन्दाजी ५५ वर्षका युवराज माझी र अन्दाजी ४५ वर्षका सन्तलाल माझी रहेका छन्।
Advertisement
दुर्घटनामा घाइते भएकाहरूको चुरे हिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







