काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडातर्फ आइरहेको ना १ ज १७७८ नम्बरको टाटा सुमो भिमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटनाग्रस्त हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा ३ जना यात्रु गम्भीर घाइते भएका छन्।
आज साँझ करिब साढे ५ बजे जुरिखेतस्थित सडकको माथिल्लो मोडबाट तल्लो मोडतर्फ खस्दा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोराले जानकारी दिनुभयो। सुमोमा चालकसहित ९ जना सवार थिए, जसमध्ये २ जना बालबालिका रहेका छन्।
Advertisement
दुर्घटनामा मृत्यु भएका यात्रुहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







