हेटौंडा–१५ का वडाबासीलाई लक्षित गर्दै वडाध्यक्ष सुनिल मोक्तान ले आफ्नो चुनावी एजेन्डा र जनभावलाई निरन्तरता दिँदै महत्वपूर्ण सामाजिक कार्यक्रम घोषणा गरेका छन्।
वडाध्यक्ष मोक्तानका अनुसार २०८२ सालको माघ महिनादेखि वडाभित्रका प्रत्येक घरधुरीलाई १० हजार लिटर निःशुल्क खानेपानी वितरण गरिनेछ। साथै, वडाबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिनुका साथै बिरामीका लागि आवश्यक परे निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था पनि लागू गरिनेछ।
यी कार्यक्रमलाई सामाजिक उत्तरदायित्व, जनप्रतिबद्धता र सेवाभावको प्रतिफलका रूपमा अघि बढाइएको वडाध्यक्ष मोक्तानले बताए। “जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो प्राथमिकता हो। यसका लागि हामी सधैं प्रतिबद्ध छौं,” उनले भने।
आगामी दिनहरूमा पनि जनहितमा केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिने अठोट व्यक्त गर्दै वडाध्यक्ष मोक्तानले स्थानीय सरकार जनतासँगै रहने स्पष्ट परेका छन्।







