विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीमाथि ७० लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै अधिकारी हाल निलम्बनमा रहेका छन्।
Advertisement
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त धरौटी रकम माग गर्ने आदेश दिएको हो। उनी हाल बागमती प्रदेशको आर्थिक तथा योजना मन्त्रालयका मन्त्रालयको सचिव थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








