मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको सुन्दरपुरका १२ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। मृतकहरूको शव सर्लाहीस्थित लखन्देही नदी किनारमा सामूहिक रूपमा अन्त्येष्टि गरिएको हो।
दाहसंस्कारमा सुन्दरपुरसहित आसपासका पाँच गाउँका स्थानीय, आफन्तजन तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहेको थियो। एकै गाउँका १२ जनाले एउटै दुर्घटनामा ज्यान गुमाएपछि सुन्दरपुर यतिबेला शोकमा डुबेको छ।
दाहसंस्कारस्थलमा आफन्तजनको चित्कार र रुवाबासीले वातावरण अत्यन्तै भावविह्वल बनेको थियो। आफ्ना प्रियजनको शव चितामा राख्ने क्रममा धेरै आफन्तहरू भावनात्मक पीडा सहन नसकी बेहोससमेत भएका थिए।
एकैपटक ठूलो संख्यामा आफन्त र गाउँले गुमाउनुपर्दाको पीडाले सुन्दरपुरका परिवारजन मात्र होइन, दाहसंस्कारमा उपस्थित सबैलाई स्तब्ध बनाएको थियएउटै दुर्घटनाले सिंगो गाउँलाई शोक र पीडामा परेको छ ।






