काठमाडौं; मलाई कसैले बलात्कार गर्यो म एटाउ पिडित महिला भए । मलाई कसैले मेरा खुट्टा काटि दियो भने मेरो जीवन नै समाप्त हुन्छ। यि दुई कुरालाई कम्पिएर गर्दा खुट्टा काटिएको जघन्य अपराध हो किनभने उसको जीवन नै सकियो।
तर बलात्कृत हुदैमा पुर्ण स्थापना हुन कुनै कठिन छैन शरीरमा कुनै नोक्सान हुँदैन । समाजले बलात्कारको बिसयलाई यत्रो ठुलो बनाएको हो । र यसले गर्दा महिलाहरू भावुक भए । बलात्कारको बिसयलाई सामान्य रूपमा लिनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी कि सासद सोबिता गौतमले चारवर्ष अघि एक मिडियामा दिएको यो अन्तर्वार्ता थियो ।
सोहि अन्तर्वार्ताको कारण रास्वपा कि सासद सोबिता गौतमको नैतिकतामा बलात्कार जस्तो जघन्य अपराधलाई समाजले ठुलो बनायो बलात्कृत हुनु सामान्य हो । जघन्य अपराध त कसैका खुट्टा काट्नु हो भनेर उनले दिएका अभिव्यक्तिले उनको नैतिकता माथि यस्ता अभिव्यक्ति दिएर राजनीतिमा आएको ब्यक्तिले समाजमा कस्तो प्रभाव पार्छ भन्ने किसिमका गम्भीर प्रश्नहरू उठेका छन ।
सोबिताले आफ्नो गल्ती स्वीकार गर्ने बताएकी छन। उनि भन्छिन; यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो ।
त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरुले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु । चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ किनकी अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ।
पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।
उनले भनिन यहाँहरुको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।
जसको अर्थ समयसँगै परिवर्तन भयो हामीले के बुझ्नुपर्छ भने हाम्रो मष्तिष्क उमेर सगै निरन्तर विकास हुदै जान्छ । चारवर्ष अघि उनले बलात्कारीलाई उत्साहित गराउने र पिडित महिलालाई सामान्य रूपमा लिनुपर्छ भन्ने नभई बलात्कारी मनोवैज्ञान परिवर्तन गराउन खोजेको र बलात्कारका घटना निर्मुल गर्ने उनको बिचारको बाटो थियो ।







