मकवानपुरमा करिब चार वर्षको अवधिमा साढे २२ हजार मतदाता थपिएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा कात्तिक १५ गतेसम्म ३ लाख १७ हजार ४ सय ३५ मतदाता रहेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता थिए । करिब चार वर्षमा जिल्लामा २२ हजार ५ सय १६ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
Advertisement
मकवानपुरका १० वटा पालिकामध्ये सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा छन् । उक्त उपमहानगरपालिकामा २०८३ कात्तिक १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका १ लाख १७ हजार ७ सय १ मतदाता रहेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौंडामा १ लाख ४ हजार ४ सय ७३ मतदाता थिए । करिब चार वर्षको अवधिमा यहाँ १३ हजार २ सय २८ मतदाता थपिएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस






