काठमाडौं, सत्तारुढ दलबाट मन्त्री बन्ने भनिएका पुराना अनुहार पनि रबि लामिछाने गृहमन्त्री हुदा पद खोसिएको भन्दै सत्तारुढ दलका शीर्ष नेताहरू असन्तुष्टी देखाउन थालेका छन ।
उपप्रधान तथा भौतीक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ मर्यादाक्रमलाई लिएर मन्त्रालय जान छाडेका छन । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहालले भनिन् रबि लामिछानेलाई आखिर प्रचण्डको अगाडी झुक्नुपर्यो ।
रबि लामिछानेलाई गृहमन्त्रालय दिएकोमा सबैजसो दलका नेताहरू सन्तुष्ट भने छैनन् । गठबन्धन बनाउन महत्वपूर्ण भुमिका खेलेका उपमहासचिव बर्तमान पुन प्रचण्ड निकट हुनु उनि समेत असन्तुष्ट देखिएका छन् ।
वर्षमान पुनले पार्टीबाट दोस्रो तहका नेताहरु सहभागी नहुने र नया अनुहार अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव गृहमन्त्री रबि लामिछानेलाई हटाउनुपर्ने अभिब्यक्ति दिएका छन् ।
अर्कोतर्फ नेकपा एमालेभित्रका नेताले पद नपाएको हुँदा असन्तुष्टीले प्रवेश पाएको छ । रबिलाई वरियतामा माथि राखेर सरकारमा सहभागि नहुने नेताहरुले बताउन थालेका छन् भने, पहिलो चरणमा सरकारमा सहभागि हुँदा विष्णु पौडेल बाहेक सबै नयाँ अनुहारलाई पठाउने नेकपा एमालेले संकेत देखाएको छ ।
अर्को तर्फ नागरिकताको बिसयलाई तिर बनाएर लामिछानेलाई दोषी करार गर्न सकिन्छ भन्ने दाउपेच कुरेर लागेका छन । भने सरकारमा जान आतुर राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपा पनि रबि भन्दा तल बसेर सरकारमा सहभागि नहुने बताएका छन् ।
चौतर्फी लामिछानेलाई राजनीतिक दलहरूबाट घाटी थिच्ने र पदबाट हटाउने प्रयत्न हुँदैछ । सत्तारुढ दलहरूबीच नै रबिलाई गृहमन्त्रालय दिएकोमा विवाद हुन थालेको छ । भने बाहिर बसेका अन्य दलका नेताहरू पनि पद पाउने लोभमा बसेका छन ।
लामिछाने देखी जनअपेक्षा भने ठुलै छ। गृह मंत्री लामिछानेले निर्मला पन्तको अपराधी पत्ता लगाउने र पन्तलाई न्याय दिने मुद्दालाई प्राथमिक्ता दिएका छन । जनताको अपेक्षालाई खुल्चिएर भएपनि राष्ट्रिय प्रजातन्त्र माओवादी जसपा र नेकपा एमाले दलहरूका नेताहरूको तरखर भने लामिछानेलाई पदबाट हटाउन चलखेल गर्न खोजेको देखिन थालेको छ ।