काठमाडौं । अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरेको छ। विश्व फुटबलका लेजेण्ड पेलेको स्मृतिमा स्टाडियो नेसनल डी काबो भर्डको नाम ’पेले स्टेडियम’ नामाकरण गरिएको छ। केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरिएको बताएका छन्।
१५ हजार दर्शक क्षमताको उक्त रंगशाला राजधानी प्राइया नजिकै रहेको छ। फिफा अध्यक्ष जियानी इनफान्टिनोले हालै हरेक देशले पेलेको स्मृतिमा एक रंगशालाको नाम पेलेको नाममा राख्नु पर्ने धारणा राखेका थिए। विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन पेलेको ८२ वर्षको उमेरमा गत हप्ता निधन भएको थियो। तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








