काठमाडौं । पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको उद्धारमा खटिएका प्रहरी निरिक्षक श्रीराम भट्टले जानकारी दिए।
भट्टका अनुसार मृतक सबै महिला हुन् तर उनीहरुको सनाखत भएको छैन। बसमा २१ जना सवार रहेको बताइएको छ। घाइते सबै बोल्ने अवस्थामा रहेको भट्टले जानकारी दिए। रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ जाँदै गरेको श्रीनगर यातायात समितिको ग १ ख ४९७७ नम्बरको बस राति १० बजेतिर धार्तिगैरा भन्ने स्थानमा पल्टिएको हो।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








