काठमाडौं; गीतले सांस्कृति बिसय र समाजबाट लिप्त भएका परम्पराको प्रतिनिधित्व गरेको देख्न सकिन्छ । यो गीतको सुटिङ जुम्लामा गरिएको छ । जुम्लामा उत्पादन हुने स्याउले बजार नपाउदा किसान सधै जसो मारमा परेका कारण गीतमा जुम्ला फल्यो स्याउका दाना जस्ता सब्दहरू समावेश गरिएको छ । गत शुक्रबार गायक सुनिल गिरीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरेका थिए ।
गीत र संगीत संयोजन भने गायक सुनिल गरी आफैले गरेका छन । जुम्लामा छायाँकन गरिएको जुम्ला प्रेमकथा गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।
यस गीतका शब्दहरू अमन निलसागर र आफु मिलेर लेखेको गायक गरिले बताए उनले भने मैले गीत कम्पोज गरें निर्माण गरें र प्रस्तुत गरें ।
गीतमा कर्णाली प्रदेश र सुदूरपश्चिमको संस्कृति, खस भाषा लगायतका धेरै पक्षहरू फेला पार्न सकिन्छ । यो मनमोहक संस्कृति समावेश गरिएको म्युजिक भिडियोमा मिस पबी र रोशन केसीको अभिनय रहेको छ ।
म्युजिक भिडियोलाई जुम्लाका विभिन्न आकर्षक स्थानहरूमा छायांकन गरिएको छ। गायक गिरीकै स्टोरीमा तयार पारिएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन ।
काठमाडौंमा कार्यक्रम आयोजना गरी गायक सुनिल गरीले गीत सार्वजनिक गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद ज्ञानेन्द्र शाही र डडेलधुरामा शेरबहादुर देउवासग प्रतिस्पर्धा गरेका सागर ढकाल र देश सफा गर्न होमिएका केपी खनालको उपस्थितीमा गीत सार्वजनिक गरिएको थियो ।
टिकटकमा स्थानीय भाषा प्रयोग गरि टिकटक भिडियो बनाउदा चर्चामा आएकि डडेलधुरासकि सिस पबि अर्थात पबित्रा साकीको जुम्ला प्रेमकथा म्युजिक भिडियोमा अभिनय रहँदा गीतले थप चर्चा पाएको छ । युट्युबमा झण्डै तिन मिलियन भ्युउज पार गर्दैछ ।
मिस पबिको जुम्ला प्रेमकथा म्युजिक भिडियोमा पहिलो अभिनय भने होईन । उनले यो भन्दा अगाडी तिन चारवटा म्युजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन ।