भीमफेदी | अनेरास्ववियु भीमफेदीको आयोजनामा पालिका स्तरिय “अनुशासन र विद्यार्थी” विषयक वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।
भीमफेदी गाउँपालिका वडा नं. ४ स्थित श्री वाराही माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम भएको हो । अनेरास्ववियु भीमफेदी गाउँपालीकाको अध्यक्ष ईशा पाख्रिनको सभाध्यक्षता र अनेरास्वबियु मकवानपुरको संयोजक अमृत बर्तौलाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा सोही विद्यालयमा अध्ययनरत सुजिता घलान प्रथम भएकी छिन् ।त्यसैगरी श्री महेन्द्र माध्यमिक विद्यालय भीमफेदीकि स्मारिका थापामगर द्वितीय, श्री कृष्ण माध्यमिक विद्यालयकी सजिना पुलामी मगर तृतीय भएकी छिन् भने श्री महालक्ष्मी माध्यमिक विद्यालयकि छात्रा ईशा वुढा मगर सान्त्वना भएकी छन् ।

गाउँपालिका भित्र रहेको ८ वटा माध्यमिक विद्यालयहरु मध्ये ६ वटा विद्यालयवाट प्रतियोगीहरु सहभागी भएका थिए । श्री राष्ट्रिय मा.वि. सानुटार, श्री कृष्ण मा.वि. भैंसे, श्री वाराही मावि निबुवाटार, श्री महेन्द्र मावि भीमफेदी, श्री महालक्ष्मी मावि सुपिङ्ग र श्री मा.वि. कोगटे वाट २/२ जना सहभागी रहेको थियो ।

त्यसैगरी वादविवाद प्रतियोगितामा ३ जना निर्णायक मण्डल रहेको थियो जस मध्ये प्रमुख निर्णायकमा वाराही माविको शिक्षक रुपाराना मगर, श्री कृष्ण मावि भैंसेका शिक्षिका अमृता भट्ट र महेन्द्र माविका शिक्षक अनुप शर्मा तिमल्सिना निर्णायक रहेका थिए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु मकवानपुरका संयोजक बर्तौलाले धेरै प्रभावकारी कार्यक्रम आयोजना भएको र आगामी दिनमा यस्ता कार्यक्रमका लागि आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । मन्तव्यको क्रममा बिद्यार्थीको सर्वाङ्गिण विकासको लागि अझेै रचनात्मक कार्यहरु गर्दै जाने अनेरा स्ववियु भिमफेदिका अध्यक्ष ईशा पाख्रिनले बताए ।
वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा अनेरास्ववियु जिल्ला सदस्य भूपेन्द्र रानामगर, राजिब परियार विभिन्न स्कुलका शिक्षक प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

Advertisement