काठमाण्डाै – नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत् सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा थप एक जना युट्युबर पक्राउ परेका छन् ।
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेपलाञ्चोक, तेमाल–८ घर भइ काठमाण्डाैको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भनिने युट्युबर राजकुमार तमाङलाई पक्राउ गरेकाे हाे।
Advertisement
तामाङलाई एपमार्फत् खेलहरु खेलाउनका लागि युट्युब च्यानलमार्फत् वानएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिइ विज्ञापन गरी नागरिकलाई सट्टाबाजी गर्न/गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेकाे आराेपमा पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस