हेटौडा। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक हिजो देखि अवरुद्ध रहेको छ । हिजो दिउँसो देखि बन्द भएको सडक अझै खुल्न सकेको छैन भने पहिरो पन्छाउने प्रयास भइरहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको हो । त्यसपछि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको र पहिरो झरेर पहाड बनेकाले सडक सुचारु हुन् अझै केहि समय लाग्ने भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








