हेटौडा। आदिपुरुष फिल्ममा रहेको केहि अंशको बिषयमा केहि समयदेखि नेपाल सहित भारतमा समेत विवाद भैइरहेको अवस्थामा नेपालमा भने उच्च अदालत पाटनले फिल्म चल्न दिनु भनि निर्णय गरेको छ ।
अदालतको निर्णय पश्चात काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको निर्णय नमान्ने भन्दै फेसबुक स्टाटस मार्फत जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन भनेर लेखेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








