हेटौडा। अहिले देशका धेरै ठाउँमा पानी परिरहेको अवस्था छ । हेटौंडा सहित देशका विभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार परिरहेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुवान हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
Advertisement
यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्यूठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास भई बहने साना खोला तथा नदीमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








