हेटौंडा – नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रिय सभाले के सन्देश पठायो रु प्रतिनिधि सभालाई जानकारी हुनु पर्दैन रु भनेर कानुन मन्त्रीलाई प्रश्न गर्नु भएको छ । नेता बर्तौलाले मुलुकी संहिता सम्वन्धी केहि नेपाल ऐनलाई संसोधन गर्ने विधेयकको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताउनु भएको हो ।
मकवानपुर २ बाट निर्वाचित साँसद बर्तौलाले “केहि दिन अगाढी राष्ट्रिय सभामा विधेयक प्रस्तुत भयो, त्यो राष्ट्रिय सभामा पास पनि भयो र प्रतिनिधि सभालाई सन्देश सहित पठाएको छ” भन्ने उल्लेख गर्दै राष्ट्रिय राष्ट्रिय सभाले के सन्देश पठायो रु प्रतिनिधि सभालाई जानकारी हुनु पर्दैन रु विधि यहि हो रु भनि साँसद बर्तौलाले सरकारलाई प्रश्न गर्नु भएको हो । उनका अनुसार संसद कानुन बनाउने वास्तविक थलो हो, कानुन बनाउने औपचारिक थलोलाई नै कानुनका विधि प्रकृयाका सरकारले पटक पटक अनादार गर्ने गरेको बताउनु भयो । सरकारका लापरवाहीको बन्धक सदन बन्नु पर्ने तथा साँसद सरकारको कमी कमजोरी र लापरबाहीको जवाफ दिँदै हिड्नुपर्ने अवस्था रहेको बताउनु भयो । कानुन मन्त्री क्याम्सका प्रध्यापक कुट्ने विद्यार्थीका मुद्धा फिर्ता लिने काममा व्यस्त हुँदा यस्तो अवस्था आएको उनले बताए ।
कानु मन्त्री धनराज गुरुङले सदनमा उठेका विषयमा जवाफ दिँदै समयमै संसदमा प्रस्तुत गराउन नसकेको नेपाल सरकोरको तर्फबाट माफी माग्नु भयो ।
प्रतिनिधी सभा सदस्य बर्तौला जनप्रिय साँसद हुन् । उनि एक अध्ययनशिल र कानुनको ज्ञाता सांसद पनि हुन् । उनि साँसद निर्वाचित भएर प्रमाणपत्र लिएकै दिनमा मल नपाएको जनगुनासो पछि प्रमाणपत्र बोकेर हेटौंडामा मल गोदाममा छापा मार्न पुगेका थिए । उनि जनताका पिडा, दुःख र समस्याहरु सदनमा बोल्ने साँसद हुन् । उनले निर्वाचित भए यता किसानले मल नपाएका विषय, एक पालिका एक आवासीय विद्यालयको अवधारण, चितलाङ्ग चन्द्रागिरी सडक तथा निर्वाचन क्षेत्रमा प्र्वाधार विकास, खानेपानी समस्या, स्वास्थ्य कर्मीले तलव नपाएको विषय, विद्यालय कर्मचारीले तलव नपाएको विषय, गाईमा देखिएको लम्पी स्किन रोग लगायतका दर्जनौ मुद्धाहरुमा आवाज उठाउने गरेको छन् । उनि कुरा मात्रै उठाउदैनन् काम भयो कि भएन भने्र निरन्तर तालुकदार निकायमा फलोअप गर्ने गर्छन् ।
साँसाद बर्तौलाको जनताका विचमा लोकप्रियता बढ्दै जानुमा उनि सदन नचलेका बेला जनताका द्दर दैलोमा पुग्न र जनताका कुरा सुन्नमा रुचि मान्छन् । उनि संसद बन्द हुना साथ कुनै न कुनै गाउँमा पुगि हाल्छन् ।








