हेटौडा। त्रिबेणी भेजिटेबल मार्ट प्रा. लि. द्वारा संचालित हेटौंडा कृषि बजारको आज सोमबार हेटौडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाले उत्घाटन गर्नु भएको छ ।
यस कृषि बजारमा सबै किसिमका खाधान्न सामाग्री स्वच्छ तथा ताजा तरकारी ,फलफुल , दुध , दहि लगायत दुधबाट बन्ने सबै किसिमका परिकारहरु ,खसि ,कुखुरा तथा राँगाको मासु पनि पाइने र उक्त कृषि बजारमा पार्किंङको राम्रो ब्यबस्था,सुरक्षा गार्ड सहित cctv क्यामरा समेत जडान गरेर व्यवस्थीत बजार बनाएर हेटौंडाका स्थानीयलाई सबै सामाग्री एकैठाउँमा उपलब्ध हुने सुविधा दिने उदेश्य सहित कृषि बजार सञ्चालन गरिएको हेटौंडा कृषि बजारका संचालक समिति सदस्य राजिब गोलेले बताउनु भयो ।


कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारि, हेटौडा उपमहानगरपालिकाको वडा न १३ का वडा अध्यक्ष पेम्बा लामा सहितको सहभागिता रहेको थियो भने कार्यक्रम हेटौंडा कृषि बजार संचालक सदस्य अभ्यास भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


भिडियो स्रोत – मकवानपुर सन्देश डटकम








