काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं महानगरभित्र कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन।
मेयर बालेन्द्र साहले फेसबुकमा स्टयाटस पोस्ट गर्दै लेखेका छन ,माननीय गगन थापाज्यु,
दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि,
काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ ।
Advertisement
बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








