हेटौडा | पुर्व-पश्चिम राजमार्ग अन्तरर्गत मनहरीमा दुइवटा ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएको छ |
जिल्ला मकवानपुर मनहरी गा.पा.६ नयाबस्ति डिपाट गाउँ स्थित पुर्ब पश्चिम सडक खण्डमा हेटौडा तर्फ बाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र बिपरीत दिशा तर्फ बाट आउदै गरेको ना ६ ख ६३१ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएकोले हो |
Advertisement
दुइवटै सवारीका घाईतेहरुलाई उपचारको लागी भरतपुर तर्फ पठाएको प्रहरीले जानकारी दिएका छन् | घाइते हुनेहरुमा ६६६७ नं.को ट्रकमा सवार जिल्ला चितवन राप्ति न.पा.३ बस्ने बर्ष अं.३०/३५ को बिबेक तमाङ र ६३१ नं.को ट्रक चालक जिल्ला मकवानपुर मनहरी गा.पा.३ बस्ने बर्ष अं.३०/३२ को अर्जुन कुमार प्रजा रहेका छन्
बिहान ५ बजेसम्म पनि नियन्त्रणमा लिन नसकेको बताइएको छ |
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








