हेटौडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ११ थानाभर्याङ
स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडी सडकखण्डमा शकास्पद रुपमा पैदल हिडि रहेको अवस्थामा जिल्ला सर्लाही कौडेना गा.पा. वडा नं. ०१ लक्ष्मीपुर बस्ने वर्ष ३५ को कौशल साहलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ४ किलो लागूऔषध गाँजा फेला परेको हुँदा उक्त लागूऔषध गाँजा सहित निज कौशल साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जि.प्र.का.मकवानपुरले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








