हेटौडा – आज आगाडी दिनको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ। आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको
मनसुन सक्रिय रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पनि मौसमविद्ले बताएका छन् । देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
Advertisement







