दाङ – दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ ।
हिजाे साेमवार बेलुकी विद्युतको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको हाे। आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका दुई वटा सोफासेट, टेबुल र झ्यालका सिसाहरु पूर्णरुपमा जलेका प्रहरीले बताएको छ। आगलागी भएको केही समयमै प्रहरी, स्थानीय र कर्मचारीको सकृयतामा आगो निभाइएकाे हाे । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुँदा ठूलो क्षति हुनबाट बचेको प्रहरीको भनाइ छ। स्रोत उज्यालो खबर
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








