काठमाडौँ । नेपाली बजारमा सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गएको जेठ १८ गते सुनको भाउ उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । बुधबार तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








