काठमाण्डौँ – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले कोस्टारिकालाई हराएको छ ।
आज शुक्रवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएकको खेलमा स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो । स्पेनका लागि भेलेरा डेल केम्पोले २१ औँ मिनेटमा, एटाना बोनमोटीले २३ औँ र इस्टर गोन्जालेजले २७ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘सी’ मा रहेको स्पेनले ३ अङ्क जोडेको छ ।
Advertisement
यसअघि आजै भएका खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराउँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








