हेटौडा। प्रकाश सपुतको दमाई महाराज बोलको गित दुई दिन देखि ट्रेन्डिङ नं एक मा रहेको छ।
यस गितमा जातिय छुवाछुत र विभेद विरुद्धको विषयवस्तु उठाएका छन्। दमाईको घरमा जन्मिएको एउटा बालक मन्दिरमा प्रवेश गर्दा अछुतो भयो भन्दै अपहेलित गर्ने समाजको चित्रण गर्दै कटाक्ष् समेत यो गीतमा गरेका छन्।
जातको आधारमा कुनै पनि मानिस सानो ठुलो हुदैन। कुनै पनि धर्म ग्रन्थले मानिसलाई सानो ठुलो बनाएको छैन विभेद गर्नु भनेको छैन भन्ने सन्देश यो गित बाट लिन सकिन्छ।
दुई दिन बाट ट्रेन्डिङमा रहेको उक्त १३ मिनेटको गित युटूबमा दुइ मिलियन दर्शकले हेरिसकेको छन्। गीतमा प्रकास सपुत र शान्ति श्री परियारको आवाज रहेको छ भने यो गित प्रकास सपुतको आफ्नै अफिसियल प्रकास सपुत नामको युटुब च्यानल बाट अपलोड गरिएको छ।
गीतमा शिबम सिमेन्ट,प्रभु पे,प्रदेशी ३,सुवीसु इन्टरनेट,सिटी एक्सप्रेसको बिज्ञापन रहेता पनि शिबम सिमेन्टको विज्ञापन अत्याधिक रहेको गुनासो समेत दर्सकले सामाजिक संजालहरु बाट ब्यक्त गरेका छन्।
गीतको भिडियोको लिंक तल छ ।








