हेटौंडा। सडक डिभिजन कार्यालय हेटौंडाले असार १० गते राष्ट्रिय राजमार्गका अतिक्रमण हटाउने बारेको सूचना निकाले संगै केहि दिन देखि हेटौंडा बजार तात्तिएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले सडकको केन्द्रबाट २५/२५ गज भित्रका दाँया बाँया रहेका संरचना हटाउने निर्णय गरेको हो ।
हेटौंडामा सडक बन्ने बिषयमा हेटौडा उपमहानगरले समेत सहजीकरण गर्ने अभिव्यक्ति उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाले केहि समय अगाडी संरचना हटाउने विषयमा भएको छलफलको कार्यक्रमका बीचमा दिनुभएको थियो ।
केहि दिन बाट हेटौंडाको संरचना भत्काउन रोक्न अदालतको आदेश आएको भन्ने हल्ला फैलिएपछी सचेतक न्यूज डटकमले सडक डिभिजन प्रमुख राजेश कुमार यादव संग यो बिषयमा प्रश्न गर्दा रोक्ने आदेश नभई सर्वोच्च अदालतले १/२ जनाको बिषयमा छलफलको लागि बोलाएको हो । अतिक्रमित सडकभित्र पर्ने संरचना भत्किन रोकिन्छ भन्ने छैन अदालतको अबहेलना नगर्ने तर अदालतले रोक्ने आदेश गरेको छैन । सडक डिभिजनले दिएको १५ गतेको म्याद पछि जुन दिन, जतिबेला , जुनसुकै समय बाट पनि राष्ट्रिय राजमार्गको क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन सुरु हुने जानकारी समेत उहाले दिनुभयो ।








