काठमाण्डौ – बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा घटेको छ । बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवार (हिजो) देखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा घटाएको हो ।
नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले भाडा समायाेजन गरेको हो ।
Advertisement
नयाँ भाडादरअनुसार काठमाण्डाै उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीकोभाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीको भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।
अब काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ । साभार :उज्यालो अनलाईन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








