काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले
सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा उनले यस्तो दाबी गर्दै भने “दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो । यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।” उनले आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिएका छन्। साथै सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्।
Advertisement







