काठमाडौं, १६ श्रावण । निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । मंगलबार उनीहरूले सडकमा डोजरसहित प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूणर् ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । निर्माण व्यवसायीलाई काममा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठोस कार्ययोजना समेत ल्याउनुपर्ने उनले बताए ।
‘सम्झौताहरू कार्यान्वयनमा नआएसम्म र सबै ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।
व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूणर् ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध प्रदर्शन ।
प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध प्रदर्शन ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








