लायन्स क्लब अफ इन्टरनेशनल, ड्रिष्ट्रिक ३२५ ‘s´ नेपाल अन्तरगत एरिया-२ मा रहेको सम्पूर्ण लायन्स क्लबको सहभागिता र सहयोगमा लायन्स क्लब अफ हेटौडा लर्ड बुद्धका अध्यक्ष लायन तुलसी गिरी, सचिव लायन सुनिल श्रेष्ठ, कोषाध्यक्ष लायन नारायण विश्वकर्मा, सहसचिव लायन राजेश मग्राती लगायतका टिमले संयोजन गरेर बकैया गाउँपालिक वडा नं ५ को प्राङ्गणमा बर पिपल रोपण कार्यक्रम सम्पन्न गरेको छ । साथै बकैया-६ जस्फल निवासी बचपनदेखि अपाङ्ग ४३ वर्षीय शुशिला तितुङलाई ह्विल चियर वितरण गरिएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ `S´ नेपालका गभर्नर लायन डि.एन. अग्रवाल प्रमुख अतिथि हुनुहुन्थ्यो । विशेष अतिथि बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने हुनुहुन्थ्यो । वडा नं ५ का वडा अध्यक्ष लक्ष्मी जिम्वाज्यूले स्थानीय रूपमा सम्पूर्ण व्यवस्थापन गर्नु भएको थियो । काठमाण्डौ तराई द्रुतमार्ग अन्तरगतको राजदमार वेश क्याम्पका मेजर सेनानी विश्व लामा, पूर्व गभर्नर लायन सम्भु नकर्मी, एरिया-2 चिफ लायन जे. पी. यादव, सचिव कविता श्रेष्ठ, डिष्ट्रिक को-चिफ लायन कृष्ण न्यौपाने, लायन महेन्द्र राउत, लायन सुनिता अग्रवाल लगायत जोन, रियर पर्सनज्यूहरूको उपस्थिति रहेको थियो । स्थानीय स्तरमा रहेको विभिन्न दलका जनप्रतिनिधिज्यूहरु, समाज सेवीज्यूहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, उक्त बर पिपल चौताराको ‘लायन्स चौतारा’ नामाकरण गरिएको छ । चौतारालाई लायन्स क्लब इन्टरनेशनलको सदैव निगरानी सहयोग रहने र डि.पि.आर. गरी उपयुक्त चौतारा निर्माण गरिने प्रमुख अतिथिले बताउनु भएको छ । स्थानीय तहबाट संरक्षण गर्न समाजसेवी लाल बहादुर जिम्बा, राम थिङ्ग, देवजीत जिम्बा, हिरामणी तिमल्सिनाले जिम्मा लिनु भएको छ ।








