चितवनको टिकौली जंगलमा ४ वटा सवारी साधन एक आपसमा ठोक्किदा २० जना घाइते भ्एको छ । बुधबार टिकौली जंगलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को लाश बोकि देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित एक आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा २० जना घाइते भएका छन भने बस चालक नवलपुरका बर्ष २६ का आशिष परियार प्रहरीको नियन्त्रणमा रहेका छन। जिल्ला प्रहरी कर्यालय चितवनले जन्कारी दिएको छ ।
Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








