हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नं.१० भालटारमा मनहरी खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४ बर्षीया प्रमिसा स्याङतान रहेकी छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार आइतबार दिउँसो साथिहरुसंग खेल्न गएकी प्रमिसालाई खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।घटनाको जानकारी पाउँना साथ घटनास्थलबाट प्रहरीको टोली पुगेको थियो । घटनाको अनुसन्धान तथा कानुनि प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








