हेटौडा। हेटौडा उपमहानगरपालिकाको सहयोगमा गाईभैसीमा लाग्ने खोरेत रोग विरूद्बको खोप (भ्याक्सिन) १३ नम्बर वडामा रहेका सम्पूर्ण पशुमा लगाइने भएको छ ।
श्री कृषक जागृती बहुउदेश्यिय सहकारी संस्थाको समन्वयमा संस्थाका पशु तथा कृषि प्राविधिक संयोजक केशब दुलालको टोलीले आज पवित्रा टोल विकास संस्थाको कार्यक्षेत्र बाट खोप लगाउन सुरु गरेको हो।
Advertisement
सप्ताह व्यापी रूपमा संचालन गरिने यस खोप कार्यक्रममा संस्थाका सम्पूर्ण शेयर सदस्यले पालन गरेका गाईभैसी तथा १३ नम्बर वडा भरी रहेका सम्पूर्ण पशुमा खोप लगाईने संयोजक केशब दुलालले बताउनु भएको छ। आज बाट सुरु भएको कार्यक्रममा राष्टिय सहकारी बैकंका प्रमुख रामेश्वर अर्याल ,पवित्रा टोल विकासका अध्यक्ष श्री रामकृष्ण सापकोटा, लगाएतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस










